नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउन लागेको हो ।

विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले कार्यबहाक प्रधानमन्त्री सिंहलाई शुक्रबार दिउँसो भेटेर सडक, यातायात, सुरक्षालगायतका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गर्न लागिएको जानकारी दिए ।

साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरा सेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार