अमेरिकामा प्रधानमन्त्रीलाई पानसको ज्ञापनपत्र- राजतन्त्र र हिन्दूराष्ट्रसहित संविधान संशोधनको माग

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौं : अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । पानसका महासचिव डा. शंकर बिसुन्केले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, टेक्सासमा कन्सुलेट कार्यालयको स्थापनालगायतका विभिन्न ८ बुँदा समावेश गरिएको छ।

पत्रमा भनिएको छ, ‘वर्तमान सरकार संविधान संशोधनको एजेण्डासहित बनेकाले राजतन्त्र र वैदिक सनातन हिन्दूराष्ट्र निर्माणमा जनताको जनभावनालाई सम्बोधन गरी सबै पक्षलाई स्वीकार्य र अपनत्व लिने संविधान पुर्नलेखन र देशले धान्ने नसक्ने संघीयता खारेजीतर्फ संशोधन गर्न माग गर्दछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार