महाकालीमा बगेर एक युवा बेपत्ता

२०८१ आश्विन ११, शुक्रबार

दार्चुला : महाकाली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् । दशरथचन्द नगरपालिका–१० झुलाघाट नजिक सडकबाट लतारिएर शुक्रबार महाकाली नदी किनार पुगेका पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

भारतको पिथौरागढबाट घर फर्कने क्रममा शुक्रबार बिहान ११ बजेतिर महाकाली किनारतिर खसेर नदीले बगाउँदा धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनी झुलाघाट वारि सडक छेउबाट लतारिएर नदीमा खसेका थिए ।

नदीमा खसेर बेपत्ता धामीको खोजतलासका प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । झुलाघाट तलका प्रहरी युनिटहरुले बेपत्ता धामीको खोजी कार्यमा खटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार