काठमाडौंको झरी भोलिसम्मै कायम रहने

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंमा बिहीबार रातिदेखि जारी वर्षा शनिबारसम्मै कायम हुने देखिन्छ ।

‘हामीले रेडअलर्ट जारी गरेका ठाउँ (काठमाडौं र अन्य क्षेत्रमा) आज रातभर नै वर्षा हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘उपत्यकामा त शनिबार पनि झरी रहने सम्भावना छ।’ शनिबार पनि देशभर वर्षा हुने देखिए पनि आइतबार बिहानदेखि कम हुने आकलन गरिएको छ। शुक्रबार राति मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।

राति नै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ। कोशी,  बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा  धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा चेतावनी दिइएको छ। शनिबार देशभर बादल लाग्ने देखिन्छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली का धेरै स्थाना तथा सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको  सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार