मुग्लिन-नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध

२०८१ आश्विन १२, शनिबार

काठमाडौं : अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र-३-०१-०२४च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार