धादिङमा पहिरोले बस पुरियो

२०८१ आश्विन १२, शनिबार

धादिङ : धादिङको नौबिसे-नागढुङ्गा सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ ।

सडकमाथिबाट खसेको पहिरोले आज बिहान बस पुरिएको हो । बस पुरिए पनि यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएर भागेका थिए ।

पहिरो खसिरहेकोले बस निकाल्ने काम शुरू नभएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार