घर भत्किँदा थिचिएर युवतीको मृत्यु

२०८१ आश्विन १२, शनिबार

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका –३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर एक युवतीको ज्यान गएको छ ।

अविरल वर्षाको कारण आएको पहिरो घरमाथि खसेर भत्किएको घरले थिचेर स्थानीय फूलमाया थिङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गए राति ११ बजे अविरल वर्षाको कारण घरमाथिबाट पहिरो खसी घर पुरिएको भन्ने शनिबार स्थानीयमार्फत प्रहरीलाई जानकारी भएको थियो ।

पहिरोले घर भत्किएपछि सोही घरले थिचिएर फूलमायाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार