दोलखामा एकै परिवारका ३ जनाको मृत्यु, ३ वर्षीय बालकको उद्धार

२०८१ आश्विन १२, शनिबार

काठमाडौँ : दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–६ स्थित सिम्पानीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

इन्स्पेक्टर शत्रुघन कुमार महतो नेतृत्वको टिमले स्थानीय राजकुमार भुजेलको घरबाट ३ वर्षीय बालकलाई जीवित उद्धार गरेका छन् । ३ वर्षका युवराज भुजेलाई उद्धार गरेर प्रहरीले धुलिखेल हस्पिटलको शाखा अस्पताल भीमेश्वरमा उपचार गर्न पठाइएको थियो । उपचारपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको छ ।

पहिरोका कारण ४० वर्षीय राजकुमार भुजेल, उनकी पत्नी ३६ वर्षीया राधिका भुजेल र छोरा १५ वर्षका सुजन भुजेलका मृत्यु भएको छ । जीवित उद्धार गरिएका युवराज राज कुमारका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार