अचेत अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु

२०८१ आश्विन १३, आईतवार

अर्घाखाँची : सन्धिखर्कमा अचेत अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १०, घोंचेखोलाका ५२ बर्षिय बल बहादुर खत्री गयराति सन्धिखर्क–२, भलायडाँडाको सडक छेउँमा अचेत अवस्थामा भेटिएका थिए। अचेत अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। टाउको तथा निधारमा गम्भीर चोटपटक लागेका खत्रीलाई प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको थियो। उपचारको क्रममा उनको शनिवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी के कारणले घाइते भए र त्यहाँ कसरी पुगे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार