काभ्रेबाट खोलाले बगाएको देवीमायाको शव सिन्धुलीमा भेटियो

२०८१ आश्विन १३, आईतवार

काभ्रे : काभ्रेको खानिखोला गाउँपालिका -६ चनौटेबाट खोलाले बगाएकी देवी माया स्याङ्तानको शव सिन्धुली हरिहरपुर गढी- ३ मा फेला परेको छ ।

शनिबार बिहान बगाएको उनको शव बागमती खेला किनारमा फेला परेको  खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले जानकारी दिए । सिन्धुली प्रहरी र स्थानीयले शव पहिचान गरेको हो। जिल्लाको खानीखोला गाउँपालिकामा २२ घर पहिरोले बगाएको वडा न ५,६,र ७ लाइ तत्काल पालिकामार्फत् राहत त्रिपाल, खाद्यान्न वितरण गरिएको पालिका अध्यक्ष थिङले जानकारी दिए ।

खानिखोलामा खानेपानी, विद्युतको आपूर्ति नभएको, मोबाइल नेटवर्क, बाटो सबै बन्द भएकाले विपत्तिमा उद्दा र राहत कार्यमा सहयोग गर्न सबै निकायलाई गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले अपिल गरिएको छ । तेमाल गाउँपालिका वडा नं १ कल्लेरिपाखाको दिल बहादु भण्डारी र रूद्र लक्ष्मी भण्डारी शनिबारदेखि बेपत्ता भएको वडा अध्यक्ष इन्द्रबहादुर अधिकारीले जानकारी दिए । खोज तलास र उद्दार कार्यको लागि कठिन भएकाले खोजि गर्न कठिनाइ भइरहेको वडा अध्यक्ष अधिकारीले बताए ।

टेलिफोन नचल्ने र गाउँमा विद्युत आपूर्ति नहुँदा बेपत्ताहरूको खोजिमा कठिनाइ भएको वडा अध्यक्ष अधिकारीले बताए ।  जिल्लामा हाल सम्म बिपी राजमार्ग र अन्य स्थालबाट एक सय भन्दा धेरैको उद्दार भइ धुलिखेल ल्याइसकेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिए ।

बाढी- पहिरोको कारण बिपी राजमार्गमा ५ हजार बढी यात्रु अलपत्र परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार