तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-३ मादीपुल नजिक भासिएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
अविरल वर्षाका कारण शनिबार बिहान उक्त ठाउँमा सडक भासिएपछि यातायात अवरुद्ध थियो। सडक मर्मत गरी आइतवारदेखि एकतर्फी रुपमा सञ्चालन गरिएको छ।





