काठमाडौंबाट लमजुङ जादै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना

२०८१ आश्विन १४, सोमबार

फाइल फोटो

काठमाडौँ : नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाडौंबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । सो माइक्रोबस पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नुवाकोट हुँदै लमजुङ जाँदै गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार