अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा हुलदङ्गा

२०८१ आश्विन १४, सोमबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको छ । राजधानीको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको हो ।

अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने कि नतोक्ने भन्नेमा तीव्र विवाद हुँदै आएको छ । सोही विवाद सम्मेलनस्थलमा प्रकट भएको एक प्रतिनिधिले जानकारी दिए । सम्मेलनको बन्दसत्रमा उमेर हदको पक्ष र विपक्षमा चर्को बहस भएको छ भने यस विषयमा हलले ठोस निर्णय लिन सकेको छैन ।

केही प्रतिनिधिले उमेर हद लगाउन नहुने पक्षमा रहेका व्यक्तिहरूले बाहिरको मान्छे ल्याएर हुलदङ्गा गराएको आरोप समेत लगाएका छन् । हुलदङ्गा भएपनि प्रहरीले अवस्थालाई साम्य बनाएको बताइएको छ ।

अखिल क्रान्तिकारीको सम्मेलनका क्रममा नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनमा जाने भन्नेमा समेत अन्योल छ । यही कारण निर्वाचन प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार