दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०८१ आश्विन १४, सोमबार

दाङ : पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानीखोला नजिक पूर्व पश्चिम लोकमार्ग भासिँदा यातायात अवरुद्ध भएको छ ।

साँझ साढे ५ बजेतिर राजमार्ग भासिँदा पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरु आवत जावत पूर्णरुपमा बन्द भएको छ । दुई दिन अघिदेखि लगातार परेको पानीका कारण राजमार्ग भासिएको र आवागमन बन्द भएको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्रकुमार बानियाले जानकारी दिए । राजमार्गमाथिको भागमा विद्युतको हाईटेन्सनको पोल समेत ढलेको छ । सडक किनाराको ‘रिर्टनिङ वाल’ पनि चर्किएको छ ।

बाटो खुलाउन सडक डिभिजन र विद्युत् कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार