एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै

२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एमालेले मंगलबार दिउँसो १२ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको हो ।

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानले पारेको प्रभाव, पीडितलाई उद्धार, राहतलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् । संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल हुने बताइएको छ ।

संघीय संसद्को बजेट अधिवेशन सकिएपछि एमाले संसदीय दलको बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओली संसद्को अधिवेशन सकिएलगत्तै संयुक्त राष्ट्र संघको महासभामा घाग लिन अमेरिका गएकाले संसदीय दलको बैठक बसेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार