रोकिराखेको जीप पछि सरेर छाँगामा खस्यो, दुईको मृत्यु

२०८१ आश्विन १९, शनिबार

हुम्ला : हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुइमामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो कर्णाली कारिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जीप दुर्घटनामा परेको हो । गियर बक्स बिग्रेर रोकिराखेको अवस्थामा सडकबाट ‘ब्याक’ भई जीप ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उक्त जीपमा चालकसहित सात जना सवार थिए । गाडी बिग्रेपछि पाँच जना गाडीबाट झरेका थिए । तर, दुई जना गाडीमै थिए ।

अचानक गाडी ब्याक भएर उक्त घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राँजा बस्ने वर्ष ४९ कि विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार