रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

२०८१ आश्विन २०, आईतवार

काठमाडौं : साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए। यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार