काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ६१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय ८५ रूपैयाँ कायम भएको छ ।





