रात्री बसमा युवतीलाई अभद्र व्यवहार गर्ने दुई पक्राउ

२०८१ आश्विन २०, आईतवार

स्याङ्जा : रात्री बसमा सवार भीरकोट नगरपालिका –१ बस्ने एक युवतीलाई अभद्र व्यवहार गर्ने चापाकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रात्री बसमा काठमाडौंदेखि घर आउँदै गरेकी एक किशोरीलाई हेलु भन्ने ठाउँमा बसमै अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा चापाकोट नगरपालिका –५ का  २६ वर्षीय कमल शाही र २५ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

असोज १९ गते ग १ ख ९७०१ रात्री बसमा क्याविनमा बसेर काठमाडौंबाट वालिङ जाने बसमा आउने क्रममा दुई जनाले अभद्र ब्यवहार गरेको युवतीको गुनासो छ । पीडित किशोरीको जाहेरीका आधारमा दुवैलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए। घटनाको आवश्यक अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ ।

कसैले सार्वजनिक स्थानमा कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी, वा त्यसको उद्योग गर्न हुँदैन भनेर मुलुकी अपराध संहिताको दफा ११८ (१) मा उल्लेख छ । त्यसो गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार