पिकअपको ठक्करले एक जनाको मृत्यु

२०८१ आश्विन २०, आईतवार

धनकुटा : धनकुटाको हिले–खोकु सडक खण्डस्थित सहिदभूमि गाउँपालिका-४ नास्पति चोकमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय लुरे भनिने टाइजन विश्वकर्माको मृत्यु भएको हो । थलथलेबाट खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नंको पिकअपले विश्वकर्मालाई शुक्रबार राति ठक्कर दिएर किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको जनाईएको छ ।

दुर्घटनामा सम्लग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार