मस्जिदमा आक्रमण हुँदा २१ जनाको मृत्यु, २० घाइते

२०८१ आश्विन २०, आईतवार

काठमाडौँ : इजरायली सेनाले गाजाको केन्द्रीय मस्जिदमा गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।

गाजाको नागरिक सुरक्षा निकायले शनिवार मध्य राति देइर अल–बालाहमा रहेको एक मस्जिद परिसरमा इजरायली सेनाले आक्रमण गर्दा २० जना घाइते भएका छन्। मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो। इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ।

विज्ञप्तिमा भनिएकोे छ, ‘मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीमाथि आक्रमण गरिएको हो।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार