श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

२०८१ आश्विन २१, सोमबार

काठमाडौं : श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ६० वर्षीय जीतबहादुर भन्ने काले तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो । उनले १९ वैशाख २०८१ मा दक्षिणकाी नगरपालिका–६ मा आफ्नी श्रीमती डोल्मा शेर्पाको हत्या गरेको आरोप छ ।शेर्पा आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

उनले कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोप छ । श्रीमतीको हत्यापछि उनी फरार हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार