सहायक रथी हरेन्द्र पाठक उपरथीमा बढुवा

२०८१ आश्विन २१, सोमबार

काठमाडौं : नेपाली सेनाको उपरथीमा सहायक रथी हरेन्द्र पाठकलाई बढुवा गरिएको छ ।

असोज १८ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार बढुवा भएका पाठकलाई आज (सोमबार) सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त गरिएको छ । यस्तै दुई जना महासेनानी सहायक रथीमा र ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन् । महासेनानी मनि कुमार श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई सहायक रथीमा बढुवा गरिएको हो ।

प्राविधिक प्रमुख सेनानी डा.निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतलाई महासेनानीमा बढुवा गरिएको छ ।  उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार