काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ४०० रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ कायम भएकोमा आज ४० रुपैयाँले घटेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।





