काठमाडौँ : तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ ।
गृह मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत कन्सुलर प्रहरी एसएसपी उमाप्रसाद चतुर्वेदीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
चतुर्वेदीको ठाउँमा प्रदेश प्रहरी कार्यालय सुर्खेत (नेपालगञ्ज) मा कार्यरत एसएसपी संजीव शर्मा दासलाई दिल्ली पठाइएको छ । यससँगै दासको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट एसएसपी दिपक बस्नेतको सरुवा गरिएको छ ।





