काठमाडौं : काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना भएको छ ।
आज दिउँसो रामेछापबाट सिन्धुलीको अमारे जाँदै गरेको बस भिरपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।बसमा सवार कम्तिमा ११/१२ जना घाइते भएको बताइएको छ । उनीहरुमध्ये दुईको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि मुलकोटमा लगिएको छ ।
बसको ब्रेक फेल भएपछि केही यात्रु आफैं हाम फालेको स्थानीयले जानकारी दिएका छन् । घटनाबारे समपूर्ण विवरण आइसकेको छैन ।





