काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (भारतीय)को अधिकतम थोक मूल्य प्रतिकिलो १ सय ४० र गोलभेँडा सानो (लोकल)को १ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ८४, आलु रातो (भारतीय)को ६२, प्याज सुकेको (भारतीय)को ११५, अनारको ४ सय, सुकेको लसुन ३ सय १०,स्याउ फुजीको ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।






