ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना : १५ यात्रु घाइते

२०८१ आश्विन २३, बुधबार

दोलखा : दोलखाको भीमेश्वर–८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना बढी यात्रु घाइते भइएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो । प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार