बसको ठक्करबाट मोटरसाइकल चालक मल्ल घाइते

२०८१ आश्विन २३, बुधबार

काठमाडौँ : बाँकेको कोहलपुरमा दुर्घटना भएको छ ।

कोहलपुर नगरपालिका–१० स्थित हाइस्कुलमा काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प  ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । दुर्घटनामा परेर मोटरसाइकल चालक खजुरा गाउँपालिका–२ घर भएका २१ वर्षीय तेज विक्रम मल्ल घाइते भएका छन् ।

बस चालक बर्दियाको गेरुवा गाउँपालिका–३५ घर भएका गङ्गाराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार