बाढीपहिरोपीडितको राहतका लागि विश्व बैंकले २० अर्ब ऋण दिने

२०८१ आश्विन २३, बुधबार

काठमाडौँ : हालैको बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।

बाढी पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ । विश्व बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

‘नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,’ नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने, ‘नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने बित्तिकै लिन सक्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार