उदयपुरमा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

२०८१ आश्विन २३, बुधबार

काठमाडौं : उदयपुरमा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–४ थाना गाउँ घर भइ त्रियुगा नगरपालिका–६ जलजले बस्दै आएका ३६ वर्षीय जंगबहादुर घिसिङ छन् ।

उनलाई इलाका प्रहरी कार्यालय जलजलेले मंगलबार पक्राउ गरेको हो । जलजलेमा पसल गर्दै आएका घिसिङले २८ वर्षीया श्रीमती प्रमिला लामाको हत्या गरेको आरोप छ । सामान्य विवाद हुँदा घिसिङले खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेको आरोप छ ।

उनले प्रमिलाको टाउको छिनाएका थिए । टाउको र शरीर छुट्टिएको अवस्थामा शव प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार