काठमाडौँ : लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् ।
बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ। सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो।
गायक सापकोटाको ‘पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन्।





