कावासोतीमा गैँडासँग मोटरसाइकल ठोक्किँदा दुई घाइते

२०८१ आश्विन २३, बुधबार

नवलपुर : नवलपुर सदरमुकाम कावासोतीमा गैँडासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा बुटवलबाट काठमाडौँतर्फ जाँदैगरेको ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल बाटो क्रस गर्दैगरेको गैँडासँग ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ। दुर्घटनामा दोलखा बैतेश्वर गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप न्यौपाने र सोही ठाउँका मोटरसाइकल चालक कृष्ण दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी साहले जानकारी दिए ।

घाइते दुवै जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको साहले जानकारी दिए । सामान्य अवस्थामा रहेको गैँडा भने जङ्गलतिर भागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार