हवाई इन्धनको मूल्य घट्यो

२०८१ आश्विन २३, बुधबार

काठमाडौं : नेपाल आयल निगमले पोखरा र भैरहवामा हवाई इन्धनको मूल्य घटाएको छ ।

पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि निगमले हवाई इन्धनको आयल निगमका लागत मूल्यमा नै उपलब्ध गराउने निर्णय अनुसार मूल्य घटाएको हो । हाल भैरहवामा ८६० डलर प्रति किलोलिटर रहेकोमा अब ७६९ डलर प्रतिकिलो लिटर भएको छ ।

त्यस्तै, पोखराको ८६० डलर प्रतिकिलो लिटर रहेकोमा अब ७८४ डलर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार