यात्रुवाहक बसको ब्रेक फेल भएर दुर्घटना, ३५ जना घाइते

२०८१ आश्विन २४, बिहीबार

मकवानपुर : मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङबेसीमा यात्रुबाहेक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा ३५ जना घाइते भएका हुन्। गम्भीर घाइते ६ जनालाई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बा ३ ख २७२३ नम्बरको उक्त बस सुरुमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सीसँग ठोक्किएको थियो ।

त्यसपछि  पुन: हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको अर्को ट्याक्सीमा समेत ठोक्किएको थियो । दुई गाडीसँग ठोक्किएर बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार