गोरखामा खुकुरी प्रहार गरी महिलाको हत्या

२०८१ आश्विन २४, बिहीबार

गोरखा : पालुङटार नगरपालिका–७ कि २८ वर्षिय रस्मी कुमालको खुकरी प्रहार गरि हत्या भएको छ । बुधबार राती करिब १२ बजे घरमा छिर्न लागेकी कुमालमाथि अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाँटीको दाहिने भागमा गहिरो चोट लागेकी कुमाललाई उपचारका लागि तनहुँस्थित लक्ष्मी समुदायिक अस्पताल डुम्रे पुर्‍याइएको थियो ।

डुम्रेबाट दमौली अस्पताल तनहुँ रेफर भएकी कुमालको उपचारकै क्रममा राती २ बजे मृत्यु प्रहरीले जनाएको छ । शवको दमौली अस्पतालमा पोष्टमाटमको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार