वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खोलिँदै

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौँ : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज दर्शनार्थीका लागि खोलिँदैछ । सो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्दछ ।

मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ ।  तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार