काठमाडौँ आउँदै गरेको बस र सुमो काभ्रेमा पहिरोले पुरिए

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौँ : बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ।

बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ११ पिप्लेमा सुख्खा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधनलाईमसेत पुगेको छ।

सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै  गरेको ना १ ज.६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार