कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास भएको छ ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शंकर पोखरेलले बताए। हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेको हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार