मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौँ : दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

दैलेखको दुल्लु नगरपालिकबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०८२५ नम्बरको मिनीबस गुराँस गाउँपालिका–४ डबलगैरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते दुबैजनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार