अमेरिकाले भिसा नदिएसँगै सन्दीप लामिछाने नेपाल फर्किए

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

आइसिसी विश्वकप लिग– २ का खेल खेल्न क्यानडा गएका लामिछाने स्वदेश फर्किएका हुन् । सन्दीपसँग अमेरिकाको भिसा नभएका कारण उनी स्वदेश फर्किएका हुन् । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ । सन्दीपले अदालतबाट आफूमाथि लागेको मुद्दामा सफाइ पाए पनि अमेरिकाले उनलाई भिसा दिन मानेको छैन ।

सन्दीपले क्यानडा जानुभन्दा अघि नै अमेरिकाको लागि भिसा प्रक्रिया थालेका थिए । तर, अमेरिकाले उनलाई भिसा दिएन । नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार