मुस्ताङ : मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल छोमाछो ताल घरपझोङ गाउँपालिका–५ ठिनीस्थित छोमाछो ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ।
नीलगिरि हिमालको काखमा रहेको अति सुन्दर छोमाछो ताललाई स्थानीय तथा जिल्लास्थित सरोकारवाला निकायले अझै महत्त्वका साथ हेरी जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पहल गर्नुपर्ने देखिन्छ।





