काठमाडौं : मुक्तिनाथ विकास बैंक र आइडिई नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धिलगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी-पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारी-पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडिई नेपालको तर्फबाट कन्ट्री डाइरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका छन्। उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुवै संस्थाहरूको साझेदारीले वित्तीय सुधारसहितको समावेशिता, ग्रामीण विकासमा टेवा, साना किसानहरूलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरणलगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा छ।





