काठमाडौं : लिओनल मेसीले ह्याट्रिक गरेपछि सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा मेसीले खेलको १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेका मेसीले ८४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ४३औं, जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । दुवै गोलका लागि मेसीले असिस्ट गरेका थिए । यस्तै थियागो अल्माडाले ६९औं मिनेटमा गोल गरेका थिए ।





