राप्रपा महामन्त्री राणा अस्पतालबाट डिस्चार्ज, केही दिनमै नेपाल फर्कने

२०८१ आश्विन ३०, बुधबार

काठमाडौँ : भारतको मुम्बईमा उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्शेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। गिंजामा क्यान्सर देखिएपछि राणालाई मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। डा.सुल्तान प्रधानको टीमले शल्यक्रिया गरेको थियो।

अस्पतालबाट डिस्चार्ज भएको र केही दिन मुम्बईमा आराम गरेपछि नेपाल फर्कने उनले बताएका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै महामन्त्री राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन्।

उनले लेखेका छन्, जटील रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ। देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु।

उनले थप लेखेका छन्,अस्वस्थ्य भई अस्पतालमा उपचाररत भएको बेलामा देश–विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूबाट स्वास्थ्यलाभको शुभकामना प्राप्त भएको छ। तपाईँहरूको असीम माया, प्रेम र स्नेहको लागि हृदयदेखि सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गर्द्छु। तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु। म स्वास्थ्यलाभ गरी केही दिनमै नेपाल फर्कने जानकारी सम्पूर्ण शुभचिन्तकहरूमा गराउन चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार