दैलेखमा फोर्स गाडी दुर्घटना, दुई जना गम्भीर घाइते

२०८१ कार्तिक १, बिहीबार

सुर्खेत : पश्चिम दैलेखको सात्तलामा लाग्ने भैलो जात्रामा सहभागी हुन जान लागेको एक फोर्स गाडी दुर्घटनामा परेको छ ।

आठबिस नगरपालिका–१, को चिने जीउला भन्ने ठाउँमा बिहीबार साँझ दुर्घटनामा परेको हो । अस्थाई प्रहरी पोष्ट सिगौडीका प्रहरी निरीक्षक सम्मर बहादुर रानाका अनुसार बिहीबार बेलुका कोजाग्रत पुर्णिमाको दिन सात्तलाम ठुलो भैलो जात्रा लाग्ने गर्दछ । कर्णाली प्रदेश ०२–००१ ख १००१ नम्बरको फोर्स गाडी दैलेखकै जम्बुकाँधदेखि उक्त जात्रा हेर्न जाने यात्रुहरु बोकेर गएको थियो ।

११ जना सवार रहेको गाडीमा दुई जना गम्भीर घाइते भएको कुरा आएको रानाले हाम्रोदेशलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार