बढ्यो सुनको मूल्य, राख्यो नयाँ रेकर्ड

२०८१ कार्तिक २, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेको छ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार