काठमाडाैं : आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्री ओलीको हातमा तस्करले दिएको घडी र आफ्नो हातमा हतकडी लागेको भन्दै कडा प्रतिक्रिया दिएका हुन् ।’ तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ?’ लामिछानेले आक्रोशपूर्ण स्ट्याटस लेख्दै ओलीमाथि आरोप लगाएका हुन् ।
उनले थपेका छन्, ‘तपाईं बिचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपीदिनुपर्ने ?’ उनले अर्को प्रश्न गरेका छन् ।