काठमाडाैं : आज पनि देशैभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो । महाशाखाले हिजो पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको थियो ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।