काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि सुरूवाती कारबाही सुरू भएको बताएका छन्।
मन्त्रिपरिषद बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै मन्त्री गुरूङले समितिले बुझाएको प्रतिवेदनउपर सरकारले सुरूवाती कारबाही सुरू गरेको बताए। प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरूलाई पक्राउ गरिएको उनको भनाइ थियो।
गत शुक्रबार सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका थिए। सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरूद्ध पनि कारबाही सिफारिस गरेको थियो।